हरेक वर्षको भाद्र शुक्लपक्ष एकादशीका दिन करीब १६–१७ फिटको लिंगो काभ्रे नाला बजारको बीचमा (नजरमानको घर नजिक) गाड्ने चलन छ । लिंगोको टुप्पोमा पुरानो नाङ्गलो र मुनितिर तामाको चिटिक्क परेको युवक मुहारको र्मूिर्त बाँधिएको हुन्छ । त्यस मूर्तिको अलिकति तलतिर उखुको पातबाट दुईवटा हातहरु बनाएको हुन्छ । सो हातको टुप्पोमा फलपूmल झुण्डिएका हुन्छन् । यस लिंगोलाई “यम्ह द्यो” भनिन्छ । कसैकसैले “ल्याम्हो द्यो” भन्ने गरेको पनि पाइन्छ । यसलाई भाद्र शुक्लपक्ष एकादशी देखि आठ दिनसम्म उभ्याउने चलन छ ।
“यम्ह द्यो” लाई चोर देवता पनि भनेर चिनिन्छ । बगैंचामा रहेको फलपूmल चोरेर खाएको हुनाले दण्डस्वरुप सबैको सामु उभ्याएको हो भन्ने भनाई पाइन्छ । वास्तवमा यस प्रकारका लिंगो सोही दिन नाला शहरको लागन टोल श्री उग्रचण्डी भगवतीको दाहिने वा सोह्र खुट्टे पाटीनिर पनि उभ्याउने परम्परा छ । उक्त लिंगो नाला बजारमा टुपिचा टोल वडा नं. २ निवासी श्री कृष्ण बहादुर श्रेष्ठको घरबाट पूजाका साथ हरेक वर्ष उभ्याउने चलन छ भने लागन टोल निवासी श्री महेश्वर बहादुर श्रेष्ठको घरबाट निकाल्ने परम्परा छ ।
हुन त नाला शहर एउटा यस्तो ऐतिहासिक प्राचीन शहर हो, जुन शहरमा यस्ता ऐतिहासिक क्रियाकलापहरु अनगिन्ति पाइन्छन्, जुन अन्य ठाउँमा भेटाउन साह्रै नै मुश्किल मात्र होइन, पाइदै पाइदैंन । यस्ता थुप्र्रै हाम्रा पुराना संस्कृति र परम्पराहरु लोप हुने स्थितिमा छन् त कतिपय लोप पनि भैसकेका छन्, यसलाई बचाउनु हामी सबैको कर्तव्य हुन आउँछ ।
वास्तवमा “यम्ह द्यो” कुन देवताको प्रतीक हो ? यसलाई किन यसरी हरेक वर्ष उभ्याउने गरिन्छ ? भन्ने बार।ेमा खोज गर्ने हो भने यसको कथन काठमाण्डौको इनद्रजात्रासंग मिल्न आउँछ । यस प्रकारको लिंगो उभ्याउने ठाउँमध्ये बनेपा, भक्तपुर र काठमाण्डौ पनि हो तर किंबदन्ती एउटै रहेता पनि यसका विधिहरु फरक फरक हुन सक्दछन् ।
खुलस्तरुपमा भन्ने हो भने “यम्ह द्यो” स्वर्गका राजा देवराज इन्द्रको प्रतीक हो तर यसलाई किन उभ्याएको भन्ने बारे एउटा कथन यस प्रकारको छ ः परापूर्वकालमा इन्द्र आफ्नी आमालाई तीज (हरितालिका) मा चढाउनको लागि पारिजातको पूmल स्वर्गलोकमा नपाइने हुनाले पूmल लिन मत्र्यलोकमा झरे । इन्द्र यस लोकमा झर्दा आपूmलाई कसैले पनि नदेखोस् भन्ने मनसाय राखी “शीत” संग लपेटिदैं झरे । उनी शीतको सहाराले लुकीछिपी पारिजात पूmल पूmलिरहेको एउटा बगैंचामा पसी पूmल टिप्दै थिए । तर दुर्भाग्यवश बगैंचाको हेरचाह गर्ने मालीले शीतमा लटपटिएको इन्द्रलाई पक्रे । पूmल चोरलाई दण्ड सजाय स्वरुप दुई हात र दुई खुट्टा बाँधी चौबाटोमा उभ्याई राखे । देवराज इन्द्रले छुट्कारा पाउनको लागि आपूm देवता देखाए पछि छुट्कारा दिए । पूmल चोर्दा नेदेखियोस् भनेर ल्याएको शीत सोही बगैंचे मालीलाई उपहार स्वरुप दिएर इन्द्र स्वर्ग फर्के, उक्त समय नै शीत यस लोकमा झर्न थाल्यो । यसैबेलादेखि नै इन्द्रजात्राको इन्द्रको मूर्तिलाई चोरलाई झैं गरी पाता फर्काएर चौबाटोमा प्रदर्शन गर्ने परम्परा रहँदै आएको छ ।
यस किंवदन्ती अनुसार इन्द्रले चोरेको बगैंचा उग्रचण्डी भगवतीको बगैंचा (जुन हालपनि जग्गा बाँकी छ) थियो । त्यसकारण इन्द्रलाई छुट्कारा दिने क्रममा आठौं दिनमा श्री उग्रचण्डी भगवतीको जात्रा गरी सो उभ्याईएको ठाउँमा लगी रथ जुधाई छुट्कारा दिने चलन अद्यावधि छँदैछ । यी आठ दिनमा हरेक साँझ पोडेहरुले बाजा बजाई नाला बजार परिक्रमा गर्ने चलन छ । यसरी बजार परिक्रमा गर्दा बुढापाकहरु इन्द्रको आमा आफ्नो छोरालाई बाँधेर राखेको हुनाले रुदैं आएको भन्ने चलन छ ।
यसरी नै बनेपामा स–साना केटाकेटीहरु आ–आफ्नो घरबाट अलिअलि चामल चोरेर सबै एकै ठाउँमा राखी भात पकाई फर्सीको पातमा भात राखी “यम्ह द्यो”लाई चढाउने परम्परा छ । वास्तवमा बालकहरुमा पनि मानवीय भावना हुन्छन् भन्ने कुरा स्पष्ट रुपमा देखाएको छ ।
साँच्चिकै भन्ने हो भने यस परम्पराबाट ठूलो शिक्षा बालबालिकाहरुलाई दिन सकिन्छ । यस्तै शिक्षा दिनलाई नै यस्ता परम्पराहरु सञ्चालन गरेको हुनु पर्दछ । इन्द्र जस्तो स्वर्गको राजाले पनि अरुको बगैंचामा पूmलिरहेको पूmल चोर्न जाँदा दण्ड सजाय पाउँछन् भन्ने शिक्षा दिएर चोर्ने मनसायलाई निरुत्साहित पारेको कुरा प्रष्टसंग बुझिन्छ ।
स्मरण गर्नुपर्ने कुरा यो छ कि “यम्ह द्यो”लाई उभ्याएको आठौं दिनको मध्यरातमा नाला शहरमा “दुईं चा न्याकेगु” भन्ने एउटा परम्परा छ । त्यस कार्यमा नालाको पुटुवार (दुईं चा) जातिले नाङ्गै रहेर नाला वलाक्षे टोलदेखि टुपिचा टोल हुँदै ईपा टोलसम्म तीनचोटि ओहोरदोहोर गर्दछन् । यसरी आहोरदोहोर गर्ने क्रममा वलाक्षे टोलको डबलीनिर एउटा पोखरी (नः गचा) थियो रे । त्यो पोखरीमा स्नान गरी ईपाटोलको डबलीनिरको लक्ष्मी पोखरीमा स्नान गर्दछ । त्यस व्यक्तिले यसरी स्नान गर्ने बेलामा उसको शरीरभरी चिल्लो हुने गरी तेल लगाएको हुन्छ । ओहोरदोहोर गर्ने बेलामा कुनै पनि व्यक्तिले बाटो काट्नु वा उक्त व्यक्तिलाई छुनु हुँदैन भन्ने धारणा छ । सो कार्य गर्ने बेलामा कुशुलेहरुद्वारा बाजा बजाई रहेको हुन्छ । यसरी तीन चोटि ओहोरदोहोर गरेपछि नाला वलाछेटोलको डबलीनिर भाँड (कारञ्जित) द्वारा पान राखेको हुन्छ । एउटा ढकीमा सो पान लिएर सरासर उग्रचण्डी भगवतीको मन्दिरमा गएर देवीलाई चढाउँछ, त्यसपछि आपूmलाई मन पर्ने एक थूंगा पूmल लिएर घर फर्कन्छ ।
यस क्रियाकलापबाट के कुरा स्पष्ट पार्दछ भने पुटुवारले शुद्ध भई एक भक्ति रही श्री उग्रचण्डी भगवतीको आराधना गरी “यम्ह द्यो” लाई छुट्काराको लागि भक्तिभाव देखाएको जस्तो देखिन्छ । त्यस भक्तिभावको प्रभावले भोलिपल्ट बिहान उग्रचण्डी भगवतीको जात्रा गरी “यम्ह द्यो” उभ्याएको ठाउँमा ल्याई उसलाई छुटकारा दिइन्छ । नेवारी भाषामा लिंगोलाई “यसीं” भनिन्छ, यसैबाट “यम्ह” नाम रहेको जस्तो पनि देखिन्छ । अर्कोतर्फबाट १६–१७ फिट अग्लो लिंगो जवान जस्तो देखिएको हुनाले “ल्याम्हो द्यो” बाट अपभ्रंश भई “यम्ह द्यो” भएको हो कि भन्ने तर्क पनि दिन सकिन्छ । त्यसैगरी जब इन्द्र आफ्नो आमाको लागि पारिजातको पूmल टिप्न आएको र आपूmलाई समातेको हुनाले “यो माँ” भनेर आफ्नो आमालाई रुँदै बोलाएको हुनाले यसैबाट “यम्ह” नाम इन्द्रको रहेको हो भन्ने तर्क पनि बलियो छ ।