- रत्नप्रसाद अनामणि श्रेष्ठ
नेपाल प्राकृतिक
रुपले मात्र नभई संस्कृतिक रुपमा पनि सम्पन्न देश हो । नेपाललाई मन्दिरै
मन्दिरको देशको रुपमा विश्वमा चिनिन्छ । नेपालको प्रत्येक भू-भाग हिमाल देखि तराई सम्म
पुर्व देखि पश्चिम सम्म धार्मिक आस्थाका केन्द्रका रुपमा लिइन्छ । हरेक गाउँ
बस्तीहरुमा आ आफ्नै रमाइलो तथा रोचक बिस्वास गर्ने पर्ने लोक किम्बदन्तिहरु सुन्न
पाइन्छ । प्रत्येक नेपालीहरु आ-आफ्नै पूर्वजहरुले पछ्याएको धर्म र संस्कृति
प्रति प्रगाढ आस्था र बिश्वास राख्दछन् । आ आफ्नो गच्छे अनुसार परम्परादेखि मानिआएका
पर्वहरु दुख सुखका साथ मनाउछन् । नेपालमा मान्दै आएका ठुला होस वा साना होस , सबै
जसो चाडपर्वहरु धार्मिक आस्थाका आधारमा मान्दै आएका छन् । ती चाडपर्वहरुले आ
आफ्नो पारिवारिक भेटघाट देखि आफ्नो नाता कुटुम्बहरुको सम्बन्ध कसिलो बनाउदै आफ्ना
दुख पीडाहरु भुलाउने गरेका कुराहरु जगजाहेर छ ।
नेपालमा धेरैजसो
हिन्दु र बौद्ध धर्म मानिन्छ । नेपालमा धेरैजसो हिन्दु र बौद्ध धर्मका आस्थाका
केन्द्रहरु धेरै छन् । काभ्रे जिल्लाको उग्रचण्डी नाला क्षेत्र पनि ती दुवै आस्थाका केन्द्र
रहेको स्थान हो । बौद्ध धर्मावलम्बीहरुका लागि नेपालका चार प्रख्यात करुणामय मध्ये
श्री श्रृष्टीकान्त लोकेश्वोर करुणामय छन् भने हिन्दु धर्मावलम्बीहरुका लागि
नेपालका चार प्रसिद्द भागवती मध्ये एक श्री उग्रचण्डी भगवती रहेको छ । यी दुवै हिन्दु र
बौद्ध धर्मावलम्बीहरुले समान आस्थाहरुले आ आफ्नै तरिकाले पुजा अर्चना गर्छन । यी दुवै प्रसिद्द
धार्मिक केन्द्रलाइ तिर्थ पर्यटनको गन्तब्य स्थानको रुपमा बिकसित गर्न सके यस
क्षेत्रको मात्र विकास नभई नेपालको अर्थतन्त्रमा समेत प्रभाव पार्दछ । छिमेकि देश भारतलाई
नै हेर्ने हो भने तिर्थ पर्यटनले धानेका थुप्रै शहरहरु सैयौको संख्यामा पाइन्छन् । नेपालमा यसतर्फ
खासै ध्यान जान सकेको छैन । तिर्थ पर्यटनकै कारणले संसारमा थुप्रै धार्मिक
केन्द्रहरु धनी भएका छन् । भारतमा सचिक्कै भन्ने हो भने संसारकै धनि मन्दिरहरु
छन् , जसको
आम्दानीले त्यहाको सहरका बासिन्दाहरु बाचेका हुन्छन् । यिनै मन्दिरका
आम्दानिहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले देशको अर्थतन्त्रलाई प्रभाव पारेको
हुन्छ ।
काभ्रेको उग्रचण्डी
नाला क्षेत्रमा तिर्थ पर्यटनको लागी प्रसस्त सम्भावनाहरु रहेका छन् । यस क्षेत्रको तिर्थ
पर्यटनको लागि विकास गर्ने हो भने यहाका धार्मिक केन्द्रहरुको भौतिक पूर्वाधारहरु
सुधार गर्नै पर्ने हुन्छ ।यस क्षेत्रका करुणामय उग्रचण्डी भगवती , गुम्बा ,
प्राकृतिक रुपमा रहेका बनजंगल , चराचुरुंगी , खोला नाला , कृषि परम्परा र पुराना
स्थानीय प्रविधिहरुको सहि सुचना दिन सक्नुपर्दछ । यहा बग्ने नन्यमाता
र पुण्यमाता नदीहरुलाई कन्चन बगाइ राख्न नीति निर्माण गर्नु पर्दछ । तिर्थ पर्यटकहरुलाई
सत्कार र उनीहरु सग गर्नुपर्ने व्यवहारमा समय सापेक्ष रुपमा सुधार गर्नुपर्दछ । यस क्षेत्रमा
उत्पादन भएका हस्तकलाका सामाग्रीहरु लगायत , उत्पादित कृषि बस्तुहरु स्वच्छ र अर्गानिक
हुनुको साथै किसानको खेतबाट उपभोक्ताको चुलोसम्म पहुच पुर्याउनु नितान्त आवश्यक छ ।
गुमनाममा रहेको
भक्तपुरको डोलेश्वर महादेवको मन्दिरले पाच बर्षको अन्तरालमा निक्कै फड्को मारेको
उदाहरण हामी सामु छन् । मन्दिरमा भएको आवतजावतले त्यस भेगका करिब दश हजार मानिसहरुको जीवन
स्तरमा आमुल परिवर्तन गरिदिएको छ । त्यसैले नाला क्षेत्रको पनि सहि सुचना र भौतिक
पूर्वाधारले लाभान्वित नहोला भन्न सकिन्न । यस क्षेत्रमा रहको प्रसिद्द उग्रचण्डी भगवती र
श्रृष्टीकान्त लोकेश्वोर करुणामय मात्र होइन यहा थप्रै कालखण्डमा विभिन्न धार्मिक
आस्था बोकेका मठ मन्दिरहरु बिस्तारै लोप हुने अवस्थामा छन् भने धेरै जसो लोप
भैसकेका छन् । उग्रचण्डी नालाको गुफा , च्यावन ऋषिले तपस्या गरेको स्थान ,
बिक्रमादित्य राजाले राज्य गरेको दरबार , वासुकी नाग राजा ,गोपाल वंशको उत्पति
स्थान , बाल्मिकी ऋषिले तपस्या गरेको स्थान , सो ऋषिले रामायण लेख्दा कलम मसी
राख्ने स्थान , ल्हासा अथवा चीन बाट आएको मन्जुश्रीले पहिलो पटक उपत्यकाका पानीको
दह देखेको स्थान , ज्ञानसिंह आचाजु र उसका हस्तलिखित पुस्तकहरु , लावान्य देशका
नवराज राजा ससुराली जादा हिडेको बाटो , पाँच पाण्डव गुप्त बास बसेको स्थान ,
नेपालको एकमात्र युधिष्ठिरको मुर्ति , काठमाडौँ पशुपतिनाथको जस्तै नालाको पशुपतिनाथको
मुर्ति , नन्यमाता र पुन्यमता नदीहरुको उद्गम स्थान , नाला सहरलाई हेरिरहेको अष्टमातृका
गण , एउटा सानो स्थानमा धेरै जलद्रोनी , ढुंगेधारा आदिलाइ हामीले सहि सत्य खोजि
गरि तिनीहरुको सुचना र भौतिक पूर्वाधारलाई सुधार गर्ने हो भने नाला क्षेत्र तिर्थ
पर्यटनको लागि नेपालको एक उत्कृष्ट गन्तब्य स्थान रहने छ । यसतर्फ समयमै यहाका
बुद्धिजिबी , राजनीतिज्ञ , भद्र भलादमी , बिद्यार्थी तथा यहाका मानिसहरु लागि पर्नु
आजको आवश्यकता र बुद्धिमानी हुनेछ । बर्सेनि लाखौ मानिसहरु यस क्षेत्रमा तिर्थ पर्यटककको
रुपमा आइ यस क्षेत्रको बासीहरुलाइ प्रत्यक्ष रुपमा लाभ हुनेछ । यस क्षेत्रलाइ मात्र
नभई नेपालीहरुले बिदा मनाउन विदेश जादा लाग्ने खर्च समेत बच्न गइ नेपालको
अर्थतन्त्रमा समेत प्रभाव पार्न सक्छ । त्यसैले काभ्रे जिल्लाको नाला क्षेत्रलाई
धार्मिक पर्यटकीय गन्तब्य स्थानको रुपमा विकास गर्नु आजको आवश्यकता तथा अपरिहार्य
छ ।
काभ्रे , नाला
#####
No comments:
Post a Comment